एमाले कार्यवाहक अध्यक्षमा वामदेव

bamdev-gautam1-650x371काठमाडौँ- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।

शुक्रबार भारतको राजकीय भ्रमणमा जानुअघि त्रिवि विमानस्थलमै उहाँले सोसम्बन्धी पत्र गौतमलाई दिनुभएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । कावा अध्यक्षले शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।

पार्टीको स्थायी कमिटी बैठक पनि छिट्टै बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीति, पार्टी सङ्गठन, नवौँ अधिवेशनपछि विभिन्न विभागहरुलाई पूर्णता दिई व्यवस्थित गर्ने लगायतको कार्यसूची रहने एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।