माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

maoist-flagकाठमाडौं- माओवादीले भावी सरकारका लागि मन्त्रीको सूची तयार गर्न सुरु गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा महासचिव कृष्णबहादुर महराले गृहकार्य सुरु गरेका छन् ।

माओवादी केन्द्रबाट उपप्रधान एवं अर्थमन्त्रीमा कृष्णबहादुर महरा, स्थानीय विकासमन्त्री जनार्दन शर्माको नाम आएको छ । त्यस्तै गिरिराजमणि पोखरेल र हितराज पाण्डे पनि मन्त्रीको सूचीको अग्रभागमा रहेको स्रोतले बतायो ।

यसैगरी कर्णालीबाट महेन्द्रबहादुर शाही, मधेसबाट प्रभु शाह, महिलाबाट रेखा शर्मा नभए सीता नेपाली, थारुबाट गौरीशंकर थारु वा बुद्धिसागर चौधरी, दलितबाट दलजित श्रीपालीको नाम मन्त्री हुने सूचीमा छ ।

पोखरेल र शर्मालाई वर्तमान सरकारमा रहँदा प्रभावकारी काम गरेको भन्ने मूल्यांकन माओवादी नेतृत्वले गरेको छ ।