कांग्रेसमा पनि सुरु भयो मन्त्रीहरुको चर्चा

nepali-Congress-flag_20110409091641[1]काठमाडौं- माओवादीसँगको गठबन्धन बनेवपछि कांग्रेसमा पनि मन्त्रीहरुको नामबारे चर्चा सुरु भएको छ ।

कांग्रेसले औपचारिकरुपमा मन्त्रीहरुको छलफल सुरु नगरे पनि अनौपचारिकरुपमा सभापति शेरबहादुर देउवा निकट नेताहरुले गृहकार्य सुरु गरेका छन् । कांग्रेसले नयाँ सरकारमा कम्तिमा १२ वटा मन्त्रालय पाउने बताइएको छ ।

नयाँ गठवन्धन वनाउन भूमिका खेलेका नेता विमलेन्द्र निधिले चाहे भने उनलाई उपप्रधानमन्त्री र गृहमन्त्रालय दिएर कांग्रेसका तर्फबाट नेतृत्व गरेर मन्त्री बनाउन देउवा दवावमा पर्न सक्छन।

पार्टीको उपसभापतिका आकांक्षी निधिले मन्त्री बन्दा पार्टीको उपसभापति बन्ने कुरामा वाधा हुन सक्ने अवस्था देखेमा उनको रोजाइ सरकार नभइ पार्टी हुनसक्छ।

पार्टीको नेतृत्व गर्ने सूचीमा कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी पनि अगाडि छन् ।

नयाँ सरकार बनाउने गृहकार्यमा सुरुदेखि सभापति देउवालाई सहयोग पुर्‍याउँदै आएका रमेश लेखक मन्त्री बन्ने लगभग पक्का छ। यसअघी सुशील कोइरालाका पालामा पनि मन्त्री बन्दा बन्दै चुकेका चन्द्र भण्डारी यो पटक मन्त्री बन्न सक्छन्।

यसैगरि केशवकुमार वुढाथोकी, फरमुल्लाह मन्सुर, जीवनबहादुर शाही, पार्टी कोषाध्यक्ष सितादेवी यादवले चाहेमा उनलाई पनि मन्त्रीको जिम्मेवारी दिएर देउवाले सरकारमा पठाउन सक्छन् ।

नेता रामचन्द्र पौडेलको सिफारिसमा कमला पन्त पनि मन्त्री बन्न सक्छिन। पूर्वमहामन्त्री प्रकाशमान सिंहको सिफारिसमा काठमाडौंका राजन केसी मन्त्री बन्न सक्छन्। पौडेलकै सिफारिसमा काठमाडौंकै नविन्द्रराज जोशी पनि यो पटक मन्त्री बन्न सक्छन्। कृष्ण प्रसाद सिटौलाको सिफारिसमा मन्त्री बन्नेमा तारामान गुरुङ पर्न सक्छन्। सशांक कोइरालाको सिफारिसमा दिपक गिरी मन्त्री हुनसक्छन।

राज्य मन्त्री बन्न सक्नेहरुमा मिन विश्वकर्मा, अमृत अर्याल, अम्विका बस्नेत, ईश्वरी न्यौपाने, देउवा समुहबाट हुनसक्छन्। सुधीर शिवाकोटी, तप्तबहादुर विष्ट र राजु खनाल सिटौलाको सिफारिसमा राज्यमन्त्री बन्न सक्छन। खुमबहादुर खड्काको सिफारिसमा शंकर भण्डारी राज्यमन्त्री बन्न सक्छन्।