अविश्वासको प्रस्ताव पारित नभएसम्म माओवादीले बजेट पास हुन नदिने

.maoistकाठमाडौं- नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको हेडक्वाटरको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।