काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अचान महानगरीय प्रहरी वृत सिंहदरबारमा पुगेका छन् ।
सिंहदरबार वृतमा पुगेका खनालले प्रहरी कर्मचारीको ड्युटी र काम कारवाही निरीक्षण गरेको बताईएको छ ।
निरीक्षणसँगै वृतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिईने आईजीपी सचिवालयले जनाएको छ ।
शुक्रवार विहान आयोजित एक कार्यक्रममा खनालले प्रहरी आफु ‘नन करप्ट’ भईकन अरुलाई सुधार्न नसकिने भन्दै आफैंबाट सुधार गर्नुपर्ने बताएका थिए ।






