लन्डन साउथ हयारोमा मेलिना र रेवतको सांगीतिक प्रस्तुति

melina uk 2

लन्डन । नेपालबाट आएका चर्चित गायिका मेलिना राई र गायक रेवत राईले शुक्रबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा सांगीतिक कार्यक्रम गरेका छन् ।

बेलायतमा उनीहरुको यो दोश्रो प्रस्तुति हो । कार्यक्रममा गायिका मेलिनाले शिरैमा शिरबन्दी…, कम्मरमाथि पटुकी…लगायत चर्चित गीत गाएर दर्शक मन �जितिन् । रेबत राईले पनि कयौं सुमधुर गीत गाए । इमिडिया हब लि. यूकेको आयोजनामा भएको उक्त एभरेष्ट म्यूजिकल ब्लास्टमा ति दुई कलाकारले झण्डै अढाइ घण्टासम्म गाए ।

melina uk5

लेक्स लिम्बु र निया देवानले सञ्चालन गरेको उक्त कार्यक्रममा अर्को आकर्षण थिइन् यूके डान्स अफ २०१६ जेनी सुनुवार र मिरा फगामीले पनि नाच देखाए । स्थानीय कलाकारहरु किशोर पुन, दीपक राई, सोनाहाङ राईले समेत गाएका थिए । कार्यक्रममा इमिडिया हब लि. यूकेका सिइओ इश्वर चाम्लिङ, किसन राई लगायतले स्वागत मन्तव्य दिएका थिए ।

melina uk1

इन्जिनियर हेम विष्टको साउण्ड सिस्टम थियो ।कार्यक्रम हेर्न यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष उमेशराज मोक्तान दम्पति, गोर्खा अभियन्ता सूर्य नेम्वाङ, व्यवसायी देव गुरुङ, लन्डन नेपाल न्यूजका प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी लगायत सञ्चारकर्मी र सयौं दर्शकहरुको सहभागिता थियो ।

melina uk3

एभरेष्ट म्युजिकल ब्लास्टको पहिलो संस्करण गत शनिबार अल्डरसटमा भएको थियो भने आज शनिबार सांझ हकिन्ज कम्युनिटी सेन्टर, केन्टमा हुंदैछ ।