राजधानीको बुद्धनगरमा भीषण आगलागी

काठमाडौं– राजधानीको बुद्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ ।

दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ ।

नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *