तस्विर : एभेरेस्ट गौतम
काठमाडौँ । ब्रिटिस ग्रुप अन्तर संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथलीस्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।
ब्रिटिस ग्रुप अन्तर संसदीय संघ राष्ट्रिय संसदीय संस्थाहरुको विश्वव्यापी संस्था हो । जसले लोकतान्त्रिक शासन, संस्थाहरु र मुल्यमान्यताहरुलाई बढावा दिने लक्ष्य राख्दछ । साथै यसले परामर्श र संसदका साथ काम गरी मानिसहरुको आवश्यकता र आशयको समाधान गर्न यसले अग्रसरता देखाउँछ ।?
यसले शान्ति, लोकतन्त्र, मानव अधिकार, लैगिंक समानता , युवा र सशक्तिकरण र स्थायी विकासका लागि राजनीतिक संवाद, सहयोग र संसदीय कार्यका कामबाट काम गर्ने गर्छ ।
ब्रिटिस कलेजका संस्थापक तथा सिइओ राजन कँडेलले स्वागत मन्तव्य दिदै आफ्नो जीवनमा ब्रिटिस शिक्षाले ल्याएको परिवर्तनबारे बताएका थिए ।
उक्त शिक्षाले आफुलाई एक बिजनेश लिडर बनाएको र नेपालभूमिप्रति यसको सम्बन्ध स्थापित गराउन मदत गरेको उनले बताए ।
‘यी अनुभवहरुले पनि गुणस्तर इंग्लिस शिक्षा नेपालमा ल्याउन उद्येलित गर्यो जसका कारण काठमाडौँमा ब्रिटिस कलेज स्थापना गर्यौं,’ उनले भने ।
दुई देशको सम्बन्ध थप मजबुत बनाउन धेरै आशावादी कामहरु गर्न बाँकी रहेको समेत सिइओ कँडेलले बताए ।
ब्रिटिस कलेजका प्रिन्सिपल जोन ब्याटम्यान ब्रिटिश कलेजले शैक्षिक र व्यक्तिगत सामाजिक विकासलागि उदेश्य रहेको बताएका छन् ।
उनले स्थानीय युवाहरुको करिअर बनाउन उत्साह थप्ने तथा स्कुलले आफ्नो विशिष्टता प्राप्त गर्नेबारे प्रष्ट पारेका थिए । उनले पछिल्लो समय कलेजले विद्यार्थी एक्सचेन्ज प्रोगामप्रति गरेको प्रगतिबारे समेत बताएका थिए । उनले कलेजमा हाल १८०० जना स्थानीय र ५२ जना अन्तराष्ट्रिय विद्यार्थीहरु ब्रिटिस कलेजमा अध्ययन गरिरहेको समेत जानकारी दिए ।
त्यस्तै बेलायती सांसद निगेल इभान्सले कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनले स्टाफ र विद्यार्थीहरुलाई सम्बोधन गर्दै, उनले ब्रिटिस आर्मीमा रहेर सेवा गरिरहेका ३ हजार गोर्खाहरुको प्रंशसा गरेका थिए । उनले ब्रिटिस शिक्षा विश्वमै उत्कृष्ट रहेको समेत बताए । उनले संसदीय सिट हासिल गर्न गरेको संघषबारे समेत बताएका थिए । उनले २६ वर्षसम्म सांसद भएर सामना गरेको चुनौतीबारे आफ्ना अनुभवहरु बताएका थिए ।
उनले पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरलाई सम्झँदै विद्यार्थीहरुलाई प्रोत्साहित गर्न उनको वाणी भनेका थिए, बाहिर जाउ र ठूलो काम गर ।ब्रिटिस ग्रुप अन्तर संसदीय संघको ब्रिटिस कलेजमा भएको भ्रमणले कलेज आभारी रहेको छ । यसले विद्यार्थीहरुले नयाँ उत्साह थपेको ब्रिटिस कलेजले बताएको छ ।









