लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप करिब १० हजार नेपालीले अवलोकन गर्ने दिन गैर आवासीय नेपाली संघ युके स्वास्थ्य बिभागले तमुधि युकेको सहयोगमा निसुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
गोर्खा कपको दिन २७ मे मा अल्डरसटमा हुने उक्त कार्यक्रममा निसुल्क स्वास्थ्य परामर्स र शेवालिएर लाभान्वित हुन एनआरएन यूकेका अध्यक्ष योग फगामी, महासचिव आर के त्रिपाठी एबम स्वास्थ्य विभाग प्रमुख संयोजक डा दिलिप् कुमार यादवले सयूक्त रुपमा सम्पूर्ण बेलायतवासी गैर आवासीय नेपाली समुदायमा अनुरोध गरेका छन् ।
उक्त कार्यक्रममा उपलब्ध स्वास्थ्य सेवाहरुमा ब्लड प्रेसर, ब्लड ग्लूकोज र कोलेस्टेरोल, उचाई,आँखा जाँचको साथै स्तन क्यान्सर सम्बन्धी सचेतना, फिजियोथेरापी, स्वस्थ आहार र निद्रा सम्बन्धी रहने छन् ।
कार्यक्रम बारे बिस्तृत जानकारी तलको निमंत्रना संदेशमा हेर्न सकिने छ :






