लन्डन । बेलायत भ्रमणको शिलशिलामा आएका गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेले बेलायतस्थित भूपू गोर्खाहरुसँग अन्तरक्रिया गर्ने भएका छन् ।
समान हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुका मागलाई गैरआवासीय नेपाली सँघको तर्फबाट केकस्तो सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न अन्तरक्रिया आयोजना गरिएको एनआरएन यूकेका प्रबक्ता खुशी लिम्बूले जनाए।
कार्यक्रममा सहभागी हुन एनआरएन यूकेले सम्पूर्ण भूतपूर्व गोर्खा संघसंस्थाहरुका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।
कार्याक्रम स्थान : Forgotten British Gurkha, 6 Queens Walk, near Hotel Penta and Argus , Reading Town. Time at: 1400 hrs. On 2nd January 2016.







