कांग्रेस नेता नै भन्छन्, ‘ओलीलाई गाली गर्ने समय भएको छैन’

Shasanka-Koirala1काठमाडौं– सरकारको गतिलाई लिएर आलोचना भइरहेकाबेला कांग्रेसका एक केन्द्रीय नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्ने समय नभएको बताएका छन् ।

कांग्रेस नेता डा। शशाङ्क कोइरालाले राजनीतिक स्थिरता अहिलेको आवश्यकता रहेको भन्दै सरकारको विकल्प खोज्ने बेला नभएको बताए । नेता कोइरालाले प्रधानमन्त्रीओलीलाई सबैलाई मिलाएर अहिलेको समस्या हल गर्दै जान सुझाव पनि दिए । ‘अस्थिरताका कारण मुलुक पछाडि परेको छ,’ उनले भने, ‘समय नै नदिई सरकारको आलोचना गर्नुहुँदैन ।’

यसअघि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सरकारको विकल्प खोज्नेबेला नभएको बताएका थिए ।