लन्डन– गीत संगीतको क्षेत्र धेरै प्रतिस्पर्धात्मक छ । अझ सूचना प्रविधिका कारण गीतहरु चर्चित हुन्छन्, गायक गायिका पनि लोकप्रिय हुन्छन्, तर आर्थिक उपार्जन चाँही शुन्यजस्तै हुन्छ ।

एक दशकदेखि लोक संगीतका क्षेत्रमा क्रियाशील गुल्मीकी सुशीला गौतम पनि अनेक संंघर्षबाट गुज्रंदै सांगीतिक क्षेत्रमा स्थापित भएकी छन् । कुनै दिन गीत गाउँछु भन्दा परिवारबाटै गाली खाएकी सुशीलाको सफलताले संगीत क्षेत्रमा टेवा पुगेकी छ, त्योभन्दा बढी परिवारले खुसीसाथ सहयोग गर्न थालेको छ । ‘घरबाट सुरुमा सहयोग थिएन,’ उनले भनिन्, ‘अहिले घरबाटै धेरै सहयोग पाउन थालेको छु ।’

एकल संघर्षले स्थापित सुशीलाका गीतहरु एकपछि अर्को हिट भएका छन् । खुमन अधिकारीसँगको पञ्चेबाजा गीत होस् वा पशुपति शर्मासँगको जवानीले मलाई ढुनुमुनु बनायोजस्ता गीत चर्चित भएका छन् । ‘अहिले आफ्नो काममा सन्तुष्ट छु,’ उनको भनाइ छ । ८ वर्षदेखि काठमाडौंमा सांगीतिक जीवन बिताइरहेकी सुशीलाले अहिलेसम्म दुई दर्जन गीत गाएकी छन् ।

कतिपय बजारमा आउन नपाइ हराएका छन् । पछिल्लो समय उनी आफ्ना गीतमा मोडलिङमा पनि देखिन थालेकी छन् । सुशीलाले आफ्नो कलालाई स्वदेशमात्र होइन विदेशमा पनि चिनाउने योजना बनाएकी छन् । गुल्मेलीहरुको बसोबास रहेको विदेशसम्म पुगेर सांगीतिक कार्यक्रम गर्ने बताइन् ।

हेर्नुहोस् गायिका सुशीला गौतमसँग गरिएको भिडियो संवाद:

https://youtu.be/4kcQzRSNAb0

फेसबुक कमेन्ट