सिड्नी । बेलायती महारानी एलिजाबेथ द्धितियाको निधनको शोकमा अष्ट्रेलिया सरकारले एक दिन सार्वजनिक विदा दिने भएको छ ।
महारानीको निधनप्रति राष्ट्रिय शोक दिवसको रुपमा मनाउँदै सेप्टेम्बर २२ मा तारिखमा सार्वजनिक बिदा दिने निणर्य गरिएको अस्ट्रेलियन प्रधानमन्त्री एन्थनी अल्बानिजले जनाएका छन् ।
उनले महारानी एलिजाबेथको निधनप्रति श्रद्धाञ्जली दिन समेत आग्रह गरेका छन् ।
On September 22 there will be a public holiday for the National Day of Mourning for Her Majesty The Queen.
— Anthony Albanese (@AlboMP) September 10, 2022
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथको सेप्टेम्बर ८ तारिखमा ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिखमा गरिँदैछ ।
उनले ७० बर्ष बेलायतमा शासन गरेकी थिईन् । महारानी एलिजाबेथको निधन भएपछि उनका जेठा छोरा चाल्र्स तृतिय बेलायतको राजा बनेका छन् । राजा बनेका चाल्र्स तृतीयले सम्राटको रूपमा सोमबार आफ्नो पहिलो राष्ट्रको नाममा संवोधन गरेका छन् ।
संवोधनका क्रममा आमाको निधनले स्तब्ध रहेको बताएका थिए । उनले पहिलो पटक बेलायती संसदको पनि भ्रमण गरेका छन् । चाल्र्सले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवं जिम्मेवारी आफूले पनि पूण इमानदारी र निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






