काठमाडौं– डा. गोविन्द केसीको अनसनको २० औं दिन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा. केपी सिंहले राजीनामा दिएका छन्।
केसीको जीवनभन्दा ठूलो आफ्नो पद नभएको भन्दै उनले राजीनामा दिएका हुन्। सिंहले शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।
डा. केसीसँग विगतमा भएको सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयले वरिष्ठताको मापदण्ड मिचेर डा. सिंहलाई डिन नियुक्त गरेको थियो। वरिष्ठताका आधारमा डा. जगदीश अग्रवालको नाम डिन नियुक्तिको सिफारिसमा पहिलो नम्बरमा थियो। त्रिविले उनको सट्टा दोस्रो नम्बरमा रहेका सिंहलाई डिन नियुक्त गरेको हो।






