काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था, नयाँ सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा गठनका विषयमा कुराकानी भएको माओवादी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
नयाँ निर्वाचनको परिणाम आए पनि दलहरुबीच पहिले सरकार कि संसद भन्ने विषयमा कुरा मिल्न सकेको छैन । सरकारले पहिले संसद गठन भएपछि मात्र नयाँ सरकार बन्ने भएकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र माओवादीले तत्काल प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरिरहेका छन् ।
यसैविषयमा एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच शुक्रबार छलफल भएको थियो ।






