सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सञ्जालले अप्रिल १५ तारिख शनिवार सिड्नीको टेम्पे रिक्रियशनल रिजर्भमा नयाँ वर्ष शुभकामना आदान प्रदान सहित बिबिक्यू कार्यक्रम र बाल मनोरञ्जनात्मक सहित अन्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । नेपाली नयाँ वर्षलाई विदेशमा पनि सम्झिएर आपसी दुख सुख साटासाट गर्ने तथा जमघट गरेर रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नयाँ वर्षको शुभकामना साटासाट सहित खानपिन र अन्य विभिन्न रमाईलो कार्यक्रम तथा बच्चाहरुको रमाईलो मेला, गीत सगींत नृत्य सहित अन्य विभिन्न मनारेञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मना केसी, वर्तमान उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, सामाजिक अगुवा ईन्द्रा वन, फेन्काका महासचिव डा.मधु पुडासैनी, सञ्जालका संस्थापक राज खनाल, गुल्मी समाजका अध्यक्ष कमला बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार टिका प्रसाई , संजिव पराजुलि तथा वाल गायन र नृत्यतर्फ श्रय पौडेल ,आयुषि पोखरेल र आरोहि पोखरेलले आफ्नो प्रस्तुती राखेका थिए । अध्यक्ष मुक्तिराम पोखरेलले कार्यक्रम सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संयोजन प्रदिप खनालले गरेका थिए भने सञ्चालन सञ्जालका महासचिव रन्जिता भण्डारी र साँस्कृतिक सयोंजक सुचना पाण्डेले गरिन ।
कार्यक्रममा विभिन्न समुदायका अगुवा, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , रुपन्देहीबाट आएका नेपाली समुदाय ,पत्रकार लगायत झण्डै २०० भन्दा वढिको सहभागिता रहेको थियो ।
रुपन्देही सामाजिक सञ्जालको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न






