बागमतिमा मानव साङ्लो

वागमती सरसफाइ अभियान १ सय हप्ता पुगेको अवसरमा आज विशेष सरसफाइ अभियान सन्चालन गरिएको छ । सुन्दरीजलदेखि वागमतीको निकास चोभारको सुन्दरीघाटसम्म मानव साङ्लो निर्माण गरी वागमती संरक्षणको सन्देश प्रवाह गरिएको छ । मानव साङ्लोमा उपराष्ट्रपति, प्रधानमन्त्री, बिभिन्न दलका शीर्ष नेताहरु, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, खेलाडी, पेशाकर्मी, व्यापारी तथा सर्बसाधारण लगायतले आफ्नो घर वरपर र वागमती नदीमा फोहर नगर्ने कसम खाएका छन् । मानव साङ्लोमा बाँधिएर फोहर नगर्ने कसम खानुअघि राष्ट्रिय गान गाइएको थियो । उपराष्ट्रपति परमानन्द झा गौरीघाट क्षेत्रमा, प्रधानमन्त्री सुशील कोइराला तिलगंगा, एमाओवादी अध्यक्ष प्रचण्ड तिनकुने र एमाले वरिष्ठ नेता झलनाथ खनाल सुन्दरीघाट क्षेत्रमा खटिनु भएको थियो । वागमती सरसफाइ अभियान गत बर्ष जेठ ५ गतेदेखि सुरु भएको थियो । सो दिनदेखि हरेक हप्ताको शनिबार वागमती नदीबाट फोहोर संकलन गर्ने काम भैरहेको छ । सरकारका मुख्य सचिव लीलामणी पौडेलको अगुवाईमा सुरु भएको सरसफाइ अभियान आज १ सय हप्ता पुगेको छ । एक सय हप्ताको कार्यक्रममा सहभागी हुनेहरुलाई काठमाडौं उपत्यकाका १३ स्थानबाट निःशुल्क सन्चालित बसबाट वागमती नदी किनारसम्म पु¥याइएको थियो ।