सय बालबालिकालाई विद्यालयमै विष हालियो

हेरात, २९ चैत। अफगानिस्तानको एक विद्यालयमा अध्ययनरत् कम्तीमा पनि एक सयजना बालबालिकालाई विष खुवाइएको आशङ्का गरिएको छ । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा रहेको एक विद्यालयका बालबालिकालाई विष हालिएको पाइएको समाचारमा जनाइएको छ । सो कार्य अत्यन्तै रहस्यमय रहेको अधिकारीहरुको भनाई छ । शनिबार सो घटना भएको समाचारमा जनाइएको छ ।
हेरात प्रान्तका प्रहरी प्रमुख अब्दुल मजिद रोजीले भन्नुभयो– हेरात पन्तको अल फताह विद्यालयका करिब १०० जना साना बालबालिकालाई विषपान गराइएको छ । उहाँका अनुसार यसरी विष खुवाइएका मध्ये ८१ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई विष सेवन गराइएको रहस्य खुलेको चिकित्सकहरुले जनाएका छन् । सो घटनाको अनुसन्धान सुरु भएको छ र त्यसको बारेमा कुनै पनि समाचार विस्तृत रुपमा दिइएको छैन ।