रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नाई सुपर किङ्स विजयी

काठमाडौं, २९ चैत्र । इण्डियन प्रिमियर लिग क्रिकेट आइपीएल अन्तर्गत हिजोका खेलहरुमा रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । लगातार दोस्रो जित हात पार्नेक्रममा चेन्नाईले सनराईजर्स हैदरावादलाई ४५ रनले हरायो । पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन जोड्यो । चेन्नाईको लागि ब्रेण्डन म्याक्कुलमले अविजित सय रन जोडेभने कप्तान महेन्द्र सिंह धोनीले ५३ रनको योगदान दिए ।
जवाफमा २ सय १० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन मात्रै जोड्न सक्यो । हैदरावादको लागि डेभिड वार्नरले ५३ रन जोडे । आइपीएल अन्तर्गत हिजै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाईट राडर्सलाई ३ विकेटले हराएको छ ।
पहिले व्याटिङ गरेको कोलकाताले दिएको १ सय ७७ रनको लक्ष्य बैंग्लोरले १९ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो । बैंग्लारेललाई जिताउन क्रिश गेलले ५६ बलमा ९६ रन जोडे । आईपिएलमा आज पनि दुई खेल हुनेछन् । आज मुम्बई ईण्डियन्स र किङ्स ईलेभेन पञ्जाव तथा दिल्ली डेयरडेविल्स र राजस्थान रोयल्स भिड्नेछन् ।