काठमाडौँ- भारतको गुहावटीमा हुने बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन २० सदस्यीय पुरुष राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै आयोजक सङ्घका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गर्नुभयो ।
महिला फुटबल टोली भने भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।






