हाम्रो क्लवले मनायो आफ्नो दोश्रो बार्षिकोत्सव तथा नयाँ वर्ष

 सिड्नी । हाम्रो क्लव अस्ट्रेलियाले आफ्नो दोश्रो बार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सिड्नीको ओरन पार्क क्षेत्रमा सक्रिय क्लवले आफ्नो स्थापनाको दोश्रो वर्ष पुरा गरेको अवसरमा बारबिक्यू लगायत विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न गरेको हो । त्यस्तै नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको क्लवका संस्थापक मध्येका एक सदस्य बिनोद लम्सालले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।१५ अप्रिल शनिबारका दिन दिउँसो १२ बजेबाट बेलुका ४ बजेसम्म चलेको कार्यक्रममा बालबालिकाको रमाईलो कार्यक्रम, नेपाली खानाका परिकारहरुका साथमा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको लम्सालले बताए । क्लवका अध्यक्ष अमुल्य प्रताप सिहंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओरनपार्क, क्याम्डेन, काम्बेलटाउन, लिभरपुल लगायत काउन्सिल क्षेत्रबाट गरी झण्डै २-३ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लवका सदस्यहरु सुरेन्द्र राना, राजिव अधिकारी, सफल पौडेल , बिनोद लम्साल, प्रकाश पौडेल, विमल बराल लगायतको विशेष सक्रियतामा सम्पन्न भएको थियो । गैर नाफामूलक संस्थाको रुपमा स्थापना भएको उक्त क्लवले फुटबल लगायतका अन्य सामाजिक गतिबिधि गर्दै आईरहेको छ । २ वर्ष अगाडी स्थापित भई सिड्नीको ओरन पार्क क्षेत्रमा नेपाली समुदायलाई लक्षित गरेर सामाजिक, आर्थिक र सांस्कृतिक सहयोगको अपेक्ष्या राखिएको संस्थापक मध्येका एक लम्सालले बताए बालबालिका, अभिभावकहरुका लागि अभिभावक समाज सँग सहकार्य गरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका साथमा स्वास्थ्यसगं सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको र निकट भविष्यमा खेलकुद क्षेत्र लगायत समाज सेवाको क्षेत्रमा अझै सक्रिय भएर काम गर्ने योजना रहेको उनको भनाई छ ।