सिड्नी । रिफ्युजी कम्युनिटी एशोसियसन अफ अस्ट्रेलिया (राका)को बार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले पर्शुराम शर्मा लुईँटेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
२३ जुलाईमा दक्षिण अस्ट्रेलियामा सम्पन्न साधारण सभाबाट नसिबा अक्रम उपसभापति, एलिया बुओल ओएएम महासचिव, कमल दाहाल कोषाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै कार्यकारी समितितर्फ संरक्षकमा हस मुस्तफा ओएएम, अध्यक्षमा जुमा पिरी पिरी र उपाध्यक्षमा पम्फा भुजेल निर्वाचित भएका छन् । भने अन्य पदाधिकारीहरु पनि निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रीमियरका सहायक मन्त्री एमिली बोर्के एमएलसी, दक्षिण अष्ट्रेलियाली मालिनौस्कस श्रम सरकारका पर्यटन र बहुसांस्कृतिक मामिला मन्त्री जो बेटिसन लगायत सासंद एवम् विभिन्न उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संसद भवनमा सम्पन्न भएको हो ।
रिफ्युजी कम्युनिटीले अहिले शरणार्थी समुदायका व्यक्तिहरुलाई अरु संस्थामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्दै अरु वास्तविक शरणार्थीहरुको वास्ताविक आवाज आफै सरकार समक्ष राख्न सक्ने गरी शरणार्थी समुदायहरुकै उपस्थितिमा सन् २०१९ मा संस्था स्थापना भएको हो ।
कम्युनिटीको स्थापनासगैं कोरोना महामारीका कारण राकाले विशेष राहत कार्यक्रम सञ्चालन गरेको थियो भने शरणार्थी समुदायका व्यक्तिहरु र गैरशरणार्थी तथा अन्तर्राष्टिय विद्यार्थीहरुलाई सरल रुपमा खानाहरु उपलब्ध गराएको थियो ।
हाल कम्युनिटीमा ५० भन्दा बढी देशका शरणर्थीहरु आबद्ध छन् । विशेषगरी भियतनाम, सुडान, चीन, म्यानमार, अफगानिस्तान, इराक, टर्की, नेपाल लगायतका देशहरु आबद्ध छन् । भियतनामले दिएको सहयोगी नेपालीहरुलाई वितरण गरिएको थियो । राकाले वास्तविक शरणार्थी एवम् पीडितहरुलाई राहत वितरण गरेको थियो ।
नेपाली विद्यार्थीहरुले उक्त समयमा दिएको राहत सहज रुपमा पाएको भन्दै राकाको प्रशंसा गरेका थिए । अन्य सघंसंस्थाले राहत सामाग्री वितरण गर्दा पहिले फोन गरेर त्यही अनुसार लानेगरेपनि राकाले आफैले खाना बोकेर समुदायमा पुग्ने गरेको छ । साधारण सभामा विभिन्न देशका आफ्ना आफ्ना संस्कृति एवम् कलाहरु प्रस्तुत गरिएको थियो । त्यस्तै कम्बोडिएन र भुटानीले नेपाली नृत्य प्रस्तुत गरेको रिफ्युजी कम्युनिटी एशोसियसन अफ अस्ट्रेलियाका एस.ए च्याप्टर सयोंजक कमल दाहाले जानकारी दिए ।
यसैबीच रिफ्युजी एशोसियसन अफ अस्ट्रेलियाले दक्षिण अस्ट्रेलियामा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । विभिन्न सामाजिक सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि र शरणार्थी समुदायका व्यक्ति एवम् नेताहरुको उपस्थितिमा संसद भवनमा नयाँ सेवा केन्द्रको उद्घाटन गरिएको हो ।







