१० महिनाकी बालिकाको जीवन रक्षाको निम्ती समिर ५७ किलोमिटर दौडिए

तक्दीर अधिकारी

सिड्नी । स्पिनल मस्कुलर अट्रोफी नामक रोगबाट ग्रस्त नवलपरासीको रामग्राम २ घर भएका सन्दीप श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठकोे उपचारको निम्ती आर्थिक सहयोग जुटाउने गरी अष्ट्रेलियामा एक युवा ५७ किलोमिटर दौडिएका छन् । विनर सर्कल मिडियाको आयोजनामा मिडियाका सदस्य समिर अर्याल ९ घण्टा दौडिएका हुन् । रन फर सियोना नाम दिइएको उक्त अभियानमा सियोनाको उपचारको निम्ती अर्थ संकलन गर्ने ध्येयका साथ समिर सिड्नी को   अवर्न – बोन्डाइ किनार – अवर्न सम्म ९ घण्टा दौडिएर आर्थिक सहयोगको अपिल गरेका हुन् । उनले विहान ९ बजे अ वर्नबाट आफ्नो दौडको यात्रा शुरु गरेका थिए । उनी सँगै अन्य संस्थाका पदाधिकारीहरुले अर्थ संकलन गरेका छन् । आजको कार्यक्रम सम्ममा ५ हजार डलर रकम संकलन भएको विनर सर्कलका प्रशासकिय अधिकृत रोशन खतिवडाले बताए । उक्त दौडमा पिटरसाम, सेन्ट्रल र बोन्डाई बिच गरी तीन चेकपोइन्ट थिए, जहाँ समिरलाइ आवश्यक खानेकुरा तथा पानीको व्यवस्था गरियो । साथै रकम पनि संकलन गरियो ।
“अर्थ संकलनमा हामी फरक तरिकाको विधि अपनायौँ” खतिवडाले भने, “समिर अर्याल जी दौडिनु भयो, हामी उहाँको लाइभ भिडियो गरेर सामाजिक सञ्जालमा शेयर गरी सहयोगको आह्वान पनि गयौँ” । उनले आइतवारको दौडको भिडियो मार्फत एक हप्ता सम्म रकम संकलन गरिने जानकारी दिए । “कार्यक्रम एकदम राम्रो भयो” उनले भने, “यो दौड सँगै हामीले यो हप्ता रकम संकलन गर्छाै, कम्तीमा ५ लाख नेपाली रुपैया संकलन गर्ने लक्ष्य राखेका छौँ” ।

उनले दौड शुुरु गर्नु अघि एनआरएनए न्यु साउथ वेल्सका सहसचिब तिर्थराज कार्कीले समिरलाइ नेपालको झण्डा उपहार दिदै बालिकाको जीवन रक्षाको निम्ती चालेको नया कदम प्रति आभार ब्यक्त गर्दै सफलताको कामना गरे ।
समिर एथ्लेटिक खेलाडी हुन् जसले बक्सिङ्गको पनि तयारी गरिरहेका छन् । दौड सकेपछि लण्डन नेपाल न्यूज संग कुरा गर्दै अर्यालले भने, “९ घण्टा दौडिदाँ शरीर दुखेको छ, आधा घण्टा जति आइसबाथ लिएँ।” उनले आइसबाथ लिएसँगै केही आराम महसुस गरेको सुनाए । “मैले दौडिएकोे म जस्तै अरुलाइ पनि सहयोग गर्न प्रोत्साहन मिलोस भनेर पनि हो” उनले भने, “जसरी कमिलोहरु एक एकले मिहेनत गरेर खाना तयार गर्छन, त्यसै गरी सबै मिलेर बालिकाको उपचारको निम्ती आफ्नो ठाँउबाट पहल गरौँ।”
संस्थाका प्रशासकिय अधिकृत खतिवडाले आफुहरुले चालेको यस अभियानमा साथ दिदै तास्मानियामा रहेका विशाल पाण्डेयले आफ्नो पेन्टिङ्ग डोनेट गरेको जानकारी दिए । उनले दिएको पेन्टिङ्ग र दौडिएका समिरले लगाएको टिसर्ट दुवैलाइ लिलामी गरेर पनि रकम उठाइने छ । एक हप्ता सम्मको अवधिमा उठेको सम्पूर्ण रकम बच्चाको परिवार लाइ हस्तान्तरण गरिने भएको छ । यस अभियान चालेको प्रति परिवारले एक भिडियो सन्देश मार्फत आभार समेत ब्यक्त गरेको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस टिचिङ्ग हस्पिटलमा जचाउन लगेको समय उनलाइ उक्त समस्या रहेको पुष्टि भएको थियो । अमेरिकामा मात्रै उपचार सम्भव रहेको उक्त रोगको उपचारकोे निम्ती २१ लाख अमेरिकी डलरको खाँचो पर्दछ । त्यसको नेपाली रकम २४ करोड ६९ लाख भन्दा बढी हुन्छ । यति ठुलो मात्रामा खर्च लाग्ने भएको कारण परिवारको आर्थिक स्थितीले थेग्न नसक्दा यतिवेला विश्वभर रकम संकलन अभियान शुरु गरिएको छ । यतिबेला सियोनाको परिवार केही स्वास्थ्य जाँच गर्नकोे निम्ती पोल्याण्डमा रहेका छन् । उनको दुइ बर्ष भित्र उपचार गरिसक्नुपर्ने हुन्छ । एक बर्षभित्रमा उनको उपचार शुरु गरिसक्नु पर्ने हुन्छ । सियोनाको उपचारको निम्ती सहयोग गर्न चाहनेहरुको निम्न खाता नम्बरमा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।

Details for donation:

Bank: Commonwealth

Ac Name: WINNERS CIRCLE MEDIA

BSB: 063-097

ACC: 35407392

Ref: Your name

https://www.facebook.com/watch/?v=957673901375792&extid=orUqbHG9Y2v7w7Xf