युक्रेनको विमान इरानमा दुर्घटना, विमानमा सवार सबैको मृत्यु

एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमान दुर्घटना भएपछि इरानको आईएसएनए न्युज एजेन्सीले जारी गरेको भिडियोमा एउटा सानो प्रकाश आकाशमा उड्दै गरेको र पछि ठूलो ज्वालामा परिणत भएको देखिएको छ ।

इरानको राज्यद्वारा सञ्चालित टेलिभिजनले विमानमा रहेका सबैको मृत्यु भएको जनाएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ ।

समाचार एजेन्सीले जारी गरेको तस्विरमा विमानको भगनावशेष यत्रतत्र छरिएको देखिएको छ । विमान दुर्घटना हुन केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *