लण्डन ।नेपाल आइडल टप फोर सागर आलेको बेलायतको अन्तिम शो,डिसेम्बर १७ तारिख आइतबार प्लमस्टिडमा आयोजना हुंदैछ ।
एशिएन कम्युनिटी सेन्टर प्लमस्टिडमा सांझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा सागरलाई उनका दाइ बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङले प्रस्तुति गर्नेछन् ।
शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना एनआरएन यूकेका युवा संयोजक एलबिजेड गुरुङसहितको ३२ बक्स इन्टरटेनमेन्टको आयोजनामा कार्यक्रम भएको हो । यहाँका विभिन्न ठाउंमा कार्यक्रममा प्रस्तुति दिन सागर बेलायत आएका हुन् ।
यसअघि बेलायतका विभिन्न सहरमा दर्शकको अत्यधिक सहभागितामा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् । अन्तिम प्रस्तुति हेर्न अहिले साउथ ईस्ट लण्डनबासी नेपालीहरु उत्साहित छन् ।
जमघट परिवारले आयोजना गर्न लागेको सागर आले कन्सर्टका लागि सोल्टी इन्टरटेनमेन्टले पनि सहयोग गरेको छ ।
कार्यक्रममा लागि आयोजक मध्येका बाबु राना र ब्रुश कुमार थापाको लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको सम्बाद यस्तो छ ,निम्तो हेर्नुस पुरा भिडियो-
कार्यक्रम हेर्न अग्रिम बुकिंग गर्नेलाई १५ पाउण्ड, ढोकामै टिकट लिनेलाई २० पाउण्ड र भिआईपी टिकटको लागि २५ पाउण्ड लाग्नेछ ।







