लण्डन ।
लण्डनस्थित नाकोन थाई रेष्टुरेन्टले नेपालका भुकम्पपिडितका लागि उठाएको रकम भुकम्प प्रभावित क्षेत्रका विद्यालयको पुननिर्माणमा खर्चिने भएको छ । युरोपको नेपालीपत्र साप्ताहिकसंगको सहकार्यमा सो रकम सिन्धुपाल्चोकमा भुकम्पबाट अति प्रभावित गाउंका विद्यालयहरुको भवन निर्माणमा सहयोग गरिने भएको हो । रेष्टुरेन्टले भुकम्प पिडितको सहयोगार्थ गतसाता गरेको च्यारिटी कार्यक्रमबाट झण्डै ८ लाख रुपिया ५ हजार ५२ पाउण्ड संकलन भएको थियो । ![11418371_10204351474495818_68952738_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11418371_10204351474495818_68952738_n1.jpg)
मंगलबार सांझ एल्थामस्थित याक एण्ड यति रेष्टुरेन्टमा बेलायतस्थित नेपाली समुदायका केही प्रतिनिधी तथा पत्रकारहरुमाझ सहयोग रकम रेष्टुरेन्टले नेपालीपत्रलाई हस्तान्तरण गरयो । सहयोगको चेक हस्तान्तरणका लागि नाकोन थाई कम्पनीका निर्देशकहरु शाह चौधरी, एमी साकुन्लया लगायत याक एण्ड यति पुगेका थिए । नेपालीपत्रका तर्फबाट सो पत्रिकाका निर्देशक समेत रहेका एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलले चेक बुझे ।
त्यसक्रममा प्रवासी नेपाली मञ्च अध्यक्ष रामशरण सिंखडा, एनआरएन यूके सचिव डांसु पाण्डे, चाल्र्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे, एनआरएन यूके सदस्य तथा पत्रकार फणिन्द्र भट्टराई , एनआरएन यूके सदस्य दिपक श्रेष्ठ, युवा व्यवसायी हरि आचार्य लगायत उपस्थित थिए । त्यस्तै पत्रकारहरु शिव भण्डारी, राजकुमार थापा, प्रताप गुरुंगका साथै विद्यार्थी नेताहरु गणेश खड्का र गणेश दाहाल पनि याक एण्ड यति पुगेका थिए । गैरनेपाली समुदायका थाई रेष्टुरेन्ट सञ्चालकले नेपालका भुकम्पपिडितका लागि गरेको सहयोगको नेपाली समुदायका सबै प्रतिनिधीहरुले प्रशंसा गरे ।
चेक बुझेपछि एनआरएन यूके अध्यक्ष कंडेलले नाकोन थाईको सहयोग यथाशिघ्र सम्बन्धित पिडितमै पुगेर वितरण गरिने आश्वासन दिए । प्रवासी मञ्च अध्यक्ष सिंखडाले नाकोन थाईको सहयोग समयमै लक्षित समुदायमा पुरयाउने चुनौति नेपालीपत्रलाई आएको भन्दै अति प्रभावित गाउंका विद्यालयलाई सहयोग गर्न सुझाव दिए । नाकोन थाईका निर्देशक चौधरीले नेपालमा उत्पन्न महाविपतले आफुलाई निकै दुखित बनाएको भन्दै आफनो सानो सहयोगले कुनै एक समुदायलाई सघाउन सके पनि आफुलाई सन्तोष मिल्ने बताए । सो रेष्टुरेन्टसंग समेत आबद्ध रहेका नेपालीपत्रका सम्पादक धु्रबराज अर्यालले सिन्धुपाल्चोकका अति प्रभावित क्षेत्रका केहि विद्यालयहरुसंग आफुहरुको सम्पर्क भइरहेको र छिट्टै सहयोग हस्तान्तरण हुने बताए ।
अर्यालका अनुसार त्यस क्षेत्रका दुई अथवा तीन विद्यालयलाई भवन निर्माणका लागि आवश्यक भौतिक सामग्री उपलब्ध गराउने उनीहरुको योजना छ । यसअघि नाकोन थाईले गतसाता गरेको च्यारिटी कार्यक्रमबाट संकलित सबै रकम खर्च समेत नकटाएर सहयोग गरेको हो । पूर्वी लण्डनको रोयल डक्सस्थित दश वर्ष पुरानो सो रेष्टुरेन्ट पुर्ण रुपमा थाई व्यवस्थापनमा सञ्चालित छ ।![11121485_10204351526737124_1356633915_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11121485_10204351526737124_1356633915_n1-300x159.jpg)







![11356279_10204351477935904_1227829647_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11356279_10204351477935904_1227829647_n1-300x225.jpg)
![11356265_10204351475655847_2071249855_n[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/06/11356265_10204351475655847_2071249855_n1-300x225.jpg)