(भिडियो ) अर्जुन पाण्डे
मन्जु भण्डारी,
लण्डन
यहि मे २९,३० र ३१ श्री पशुपतिनाथ मन्दिर यूकेमा ‘मूर्ति प्राण प्रतिष्ठा महोत्सव’ भव्य रूपमा सम्पन्न भयो। विशेष अतिथिमा गुजरातबाट पाल्नुभएका परमहंस पिठाधिश्वर आचार्य श्री १०८ तहल किशोर महाराजजीले बताए अनुसार संस्कृतका विद्व्ान आचार्य श्री चिन्तामणिज्यूद्वारा स्थापित श्री पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको निकै ठूलो उपस्थिति रहेको थियो।
तिनदिनसम्म त्यस पवित्र कार्यलाई अनुभव गर्दा वहाँले मन्दिरमा ईश्वरको अनुग्रह भएको र पूजा,आराधनाले संसारमा आईपरेका दैवी झन्झटहरूबाट पनि मुक्ति पाइने बताउनुभयो।
यसैगरी सम्पूर्ण नेपालीहरू एक जुट भएर हाम्रो पूर्व कालदेखि चलिआएको दिव्य धर्म, संस्कृति आउने पिंडिलाई सिकाउन अत्यन्तै आवश्यक भएको हुँदा पवित्र भावना बोकेर, आफ्नो समय अनुकूल मन्दिरमा आएर तन, मन र धनले सक्दो सहयोग गर्नुहुन सम्पुर्ण दाजुभाई, दिदीबहिनी, आमाबुवाहरूलाई निवेदन गर्नुभयो।









