कांग्रेसले आज आधिकारिक धारण बनाउने

काठमाडौं, २० जेष्ठ । सत्ता साझेदार एमालेले सरकार परिवर्तनलाई उच्च प्राथमिकतामा राखेपछि चेपुवामा परेको नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकले सरकार गठन र संविधानका विवादित मुद्दामा पार्टीको आधिकारीक धारणा बनाउने बताइएको छ । बैठकमा भूकम्प पीडितलाई राहत वितरणमा कांग्रेसलाई जोडेर आएका नकारात्मक विषयमा पनि कुरा हुने बताइएको छ ।