अमेरिकी टोलीलाई सिंहदरबारमा रोक

US-Flag

लण्डन , विनासकारी भूकम्पले सिंहदरबारमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न शहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले शुक्रबार रोक लगाएको छ । सरकारको पूर्व अनुमति विना विदेशीहरुलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेम कुमार राईले सिंहदरबार पूर्ननिर्माण सचिवालयका पदाधिकारीहरुलाई हप्काएका थिए । पूर्ननिर्माण सचिवालयका सदस्य सचिव गिरिजा गोर्खालीले भने शहरी विकास मन्त्रालयको निर्देशन अनुसार नै टोली पठाएको प्रतिक्रिया दिएका थिए । सचिव प्रेमकुमार राईले भने अनुमति विनै पुरातात्वीक महत्व बोकेको सिंहदरबारमा विदेशी टोली पठाएकोमा आपत्ती जनाएका थिए, अन्नपूर्ण पोष्टमा खबर छ ।