फेसबुकबाट अब निःशुल्क गीत सुन्न पाइने

facebook1

फेसबुकबाट अब गीत पनि निःशुल्क सुन्न पाइने भएको छ ।फेसबुकले हालसालै ल्याएको म्युजिक स्टोरीज नामक एप्लिकेशनबाट यो सम्भव भएको हो ।

यो सुविधाबाट पूरै गीत भने निःशुल्क सुन्न पाइनेछैन । फेसबुक प्रयोगकर्ताले ३० सेकेण्डसम्म मात्रै गीत सुन्न पाउनेछन् । त्यसभन्दा बढी गीत सुन्नका लागि भने स्ट्रीमिङ सर्भिसबाट किन्नुपर्नेछ ।

अहिले आईफोन प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध गराइएको यो सुविधा फेसबुकले छिट्टै एन्ड्रोइड प्रयोगकर्ताहरुको लागि पनि ल्याउने जनाएको छ ।