इन्टरनेट स्पिडमा भारतभन्दा नेपाल अगाडि

इन्टरनेट डाउनलोड स्पिडमा भारतभन्दा नेपाल अगाडि देखिएको छ। ओक्लास नेट इन्डेक्सका अनुसार इन्टरनेटको स्पिडमा नेपाल, भुटान र जिम्वाबेपछि भारत रहेको छ। भारतको इन्टरनेटको पूर्वाधार निर्माणले गति लिएको भए पनि यसको व्यान्डविथको गति भने अझै पनि भुटान, कम्बोडिया, नेपाल, नाइजेरिया, लाओस र जिम्बाबेभन्दा पछि रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ।

इन्टरनेटको ग्लोबल :याङकिङले देखाएको तथ्यांकलाई उल्लेख गर्दै ओक्लास नेट इन्डेक्सले जनाएअनुसार भारतको औसत डाउनलोड स्पिड ४ ।१८ एमबीपीएस छ। यो वेबसाइटले भारतको इन्टरनेटको ग्लोबल :याङकिङ एक सय ३०औं स्थानमा रहेको औल्याएको छ।

विश्वको इन्टरनेट गतिको तालिकाको एक सय २९औं स्थानमा नेपाल रहेको छ भने भारत एक सय ३२औं स्थानमा छ।