लण्डन । रेडिङ नेपाली समाज यूकेले विशेष कार्यक्रम गर्दै हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष २०८२ मनाएको छ।
अप्रिल १३ आइतबार साँझ रेडिङस्थित वेस्ट रेडिङ कम्युनिटीहलमा आयोजित कार्यक्रममा लोकदोहोरी गायनमा एकछत्र राज गरेका गायक राजु परियार चर्चित गायिका शिला आलेले गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन गराएका थिए ।
कार्यक्रममा भरपुर रुपमा मनारञ्जन लिएका दर्शकहरु छम छमी नाँचेका थिए ।
रेडिङ नेपाली समाज यूकेका अध्यक्ष भीमसेन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिएको थियो।अध्यक्ष खड्का कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीले सम्बोधन गर्दै प्रवासमा नेपाली भाषा,संस्कृति रेडिङ नेपाली समाज यूकेले गरिरहेका रचनात्मक कामहरुको प्रशंसा गर्दै नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना प्रदान गरे ।
महासचिवमा डा. भरत पौडेलले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एबम समाजका उपाध्यक्ष बालकृष्ण दाहालले स्वागत गरेका थिए ।कार्यक्रम संयोजक उपाध्यक्ष दाहालले कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरे । 








