साउथवेस्ट नेपाली समाज यूकेले गायिका समिक्षा अधिकारीको प्रस्तुतीमा हर्षोल्लासका साथ मनायो नेपाली नयां वर्ष

शिब भण्डारी

लण्डन ।साउथवेस्ट नेपाली समाज युकेले  हर्षोल्लासका साथ नेपाली नयाँ वर्ष २०८२ मनाएको छ।

अप्रिल १४ सोमबार साँझ प्लेमाउथ स्थित डेभन पोट गल्स स्कुलको सभाहलमा आयोजित कार्यक्रममा चर्चित गायिका समिक्षा अधिकारीले गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन गराएकी थिइन्।

चर्चित गायिका समिक्षा अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवान’ नबोली नबोली, दुश्मन हेरेको हेरै,बोलको गीतमा दर्शक नाँचेका छन् । पछिल्लो समय दर्शकको मन जितेकी अधिकारीले कार्यक्रममा खुलेरै नचाईन् । उनले ‘फेरी कहाँ आउँछ र घुमेर यो बालापनको उमेर लगायत थुप्रै गीत प्रस्तुत गरिन् । समिक्षाका गीतबाट भरपुर रुपमा मनारञ्जन लिएका दर्शकहरु छम छमी नाँचेका थिए ।

स्थानिय कलाकार आर के श्रेष्ठ लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। त्यसैगरी, अन्य स्थानीय कलाकारहरूले गीत, संगीत, र नृत्य प्रस्तुत गरेका थिए।

साउथ वेस्ट नेपाली समाज यूकेका अध्यक्ष किसन जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिएको थियो।

अध्यक्ष किसन जिसीले संस्थामा योगदान गर्ने सबै अग्रज एवम अभियन्ताप्रति आभार प्रकट गर्दै कार्यक्रममा सबै सहभागी तथा सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।कार्यक्रम सफल बनाउन प्रत्यक्ष परोक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि स्थानीय Independent Councillor Chaz Singh रहेका थिए, उनले नेपाली नया बर्षको शुभकामना प्रदान गरेका थिए।समाजका संरक्षक एबम सस्थापक अध्यक्ष दिपक ढकालले संस्था स्थापनाको स्मरण गर्दै नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना प्रदान गरेका थिए।

महासचिव लोकेन्द्र खड्काले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष डा.राजन घलेले स्वागत गरेका थिए ।कार्यक्रममा स्थानीय नेपाली समुदायका अभियन्ताहरु सहितको सहभागिता थियो।

कार्यक्रममा बेलायतका चर्चित साउन्ड इन्जिनियर हेम विष्टले विभिन्न खालका नेपाली गीत बजाउदै सबैलाई नचाएका थिए।