लन्डन– मिलन चाम्सद्वारा निर्देशित दोस्रो चलचित्र ‘वीर विक्रम’ लन्डनमा प्रिमियर गरिएको छ ।
निकै तामझामका साथ अल्डरसटस्थित प्रिन्सेस हलमा प्रिमियर गरिएको हो । यसअघि हङकङमा प्रिमियर भएको थियो । लगत्तै बेलायतमा गरिएको उक्त प्रिमियरमा चलचित्रका नायक दयाहाङ राई प्रमुख आकर्षण रहे ।
आकर्षक पहिरनमा देखिएकी डेब्यू एक्टे«स दिया पुनको पनि राम्रै चर्चा भयो । खचाखच दर्शकले भरिएको हलबाट दर्शक बाहिरिंदै चलचित्रबारे सकारात्मक प्रतिक्रिया दिएपछि निर्देशक चाम्स निकै उत्साहित देखिए ।
एकै दुर्गम गाउँमा हुर्किएका चार साथीहरुको कथा बोकेको यस चलचित्रको हरेक पक्ष समग्रमा उत्वृmष्ट रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा दयाहाङ राई, दिया पुन, अर्पन थापा, अनुप विक्रम शाही, नाजिर हुसेन, विवेक लिम्बु, रुपा पुन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
नेपालमा भदौ ३ गते अल नेपाल रिलिज गरिने निर्देशक मिलन चाम्सले जानकारी दिए ।






