फेसबुकले अब यस्तो नयाँ फिचर थप्दै

फेसबुकमा अब अर्को नयाँ फिचर थपिने भएको छ। फेसबुकले अहिले “एड भ्वाईस क्लिप ” नामक एक नयाँ फिचरको प्रयोग गरिरहेको छ।

यो फिचरको माध्यमवाट फेसबुक प्रयोगकर्ताहरुले तस्विर र भिडियो जस्तै एक सानो शव्द सन्देश रेकर्ड गरेर स्टाटसको रुपमा अद्यावधि गर्न सक्नेछन्।

अहिले परिक्षण प्रयोगको चरणको लागि भारतका केही चुनिएका फेसबुक प्रयोगकर्ताहरुलाई मात्र हाल यो फिचर उपलव्ध गराईएको छ। सर्वप्रथम एक भारतीय प्रयोगकर्ताले नै यो फिचरको शुरुवात गरेका छन् । शव्द सन्देशको “अप्सन स्टाटस ”अद्यावधिको क्रममा भेटिने अन्य
फिचरहरु कै साथमा उपलब्ध रहने छ।

यो फिचर आएपछि फेसबुक प्रयोगकर्ताहरुले स्क्रिनमा अक्षर टाईप गर्नुपर्ने झन्झटबाट थोरै राहत पाउने भएका छन्। तर यो फिचर तमाम फेसबुक प्रयोगकर्ताहरुसम्म कहिले पुग्ने हो, यसवारे केही जानकारी बाहिर आएको छैन। एजेन्सी