लण्डनमा तमुधिं साउथइष्टले भूकंप पीड़ितकालागि ११ लाख संकलन

nepal

शिब भण्डारी,

लण्डन । विनासकारी भुकम्पबाट पिडित बनेकाहरुको सहयोगमा तमुधिं युके साउथइष्ट क्षेत्रिय शाखाले करीब आठ हजार पाउण्ड संकलन गरेको छ । गतसाता प्लमस्टेडमा बसेको शाखाको बैठकले सहयोग अभियान मे महिनाको अन्तिमसम्म जारी राख्ने निर्णय गरेको अध्यक्ष्ँ श्रीचन्द्र गुरुङले जानकारी दिए ।

दुई साता अघि गएको भूकम्प (७.८ रेक्टर) ले नेपालकोधन, जन र धरोहरको मात्रै क्षतिगराएको छैन । ०९० सालपछि आएको ठूलो भूकम्पले जनमानसमाठूलो त्रास पैदा गरेको छ । घरतथा धरोहरमात्रै भत्किएका छैनन्, सँगै भत्किएका छन् मानिसका मनहरुपनि । सबैभन्दाभन्दा महत्वपूर्ण यो घटनाले मानिसमा निराशा पैदा गराएको छ । भुकम्पका कारण सरकारदेखि सर्वसाधारणसम्मका धेरै योजना र सपनाको जग भत्किएको छ । शक्तिशाली भूकम्पपछि र यस्तै खाले जिज्ञासाहरु मानिसको दिमाग र मनमा घुमिरहेका छन्, घोत्लिरहेका छन् ।अध्यक्ष्ँ श्रीचन्द्र गुरुङले भने|

शाखाले उठाएको रकम मध्य करीब दुई लाख नेपाली रुपैंया तमुधिं युकेलाई हस्तान्तरण गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा शाखाले २५५८ औंं जन्म जयन्तीको अवसर पारी आयोजना गरेको विश्वशान्ती पदयात्राका बारेमा छलफल भएको थियो । पदयात्रा कार्यक्रमलाई आगामी बर्ष अझै व्यवस्थित गर्ने बैठकले निर्णय गरेको छ ।बाँच्ने रहर सबैलाई हुन्छ । त्यसैले बाँच्नका लागि कर्म गर्न आवश्यक छ । झन यो विपदीमा आफ्नो कामलथालिङ्ग पार्नु राम्रो होइन् । यो प्राकृतिकप्रकोप हो यसलाई कसैले रोकेर रोकिन्न र प्राकृतिकप्रकोप कुनै संकेत दिएर आउँदैन पनि । भूकम्पियदृष्टिबाट नेपालखतराजन्य छ । प्राकृतिकप्रकोपलाई रोक्न त सकिदैन तर यसबाट हुने क्षतिलाई कम गर्न भने सक्छौं । तर त्यसको लागि हामी पुर्व योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक छ ।