गोर्खाहरुले भूकंप पीड़ितकालागि ३२ हजार पाउण्ड संकलन

gurkk.jpg-pwrt2

शिब भण्डारी ,लण्डन |

बेलायतको योर्कस्थित इम्फाल ब्यारेक्स्मा रहेको २४६ गोर्खा सिग्नल्स् स्क्वाड्रोनका गोर्खाहरुले सडक र सपिङ सेन्टरमा गएर भूकम्प पीडितका लागि राहात संकलन गरेका छन् ।

देश शोकमा छ, हाम्रो क्षेत्र मनोरञ्जनको छ । शोकमा हामी सुस्ताएर बस्नु कत्तिको उचितहोला ? हामीलाई लाग्छ बिशंम परिस्थतिलाई जितेर अगाडी बढ्नु नै हाम्रो बुद्धिमानी हुनेछ । पिडालाई भुलेर त्रासलाई लुकाएर सामान्य जीवनमा फर्कनुको कुनै विकल्प छैन । बाँच्ने रहर सबैलाई हुन्छ । त्यसैले बाँच्नका लागि कर्म गर्न आवश्यक छ । यो प्राकृतिकप्रकोप हो यसलाई कसैले रोकेर रोकिन्न र प्राकृतिकप्रकोप कुनै संकेत दिएर आउँदैन पनि । भूकम्पियदृष्टिबाट नेपालखतराजन्य छ । प्राकृतिकप्रकोपलाई रोक्न त सकिदैन तर यसबाट हुने क्षतिलाई कम गर्न भने सक्छौं । तर त्यसको लागि हामी पुर्व योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक छ ।आफ्नो कर्मथलो बेलायत भएपनि मातृभूमि रोहिरहदा हामी सबै मिलेर शोकलाई शक्तिमा बदल्न आवश्यक छ । गोर्खा सिग्नल्स् स्क्वाड्रोनका गोर्खाहरुले भने |

गत साता सञ्चालन गरिएको उक्त अभियानबाट करीब ३२ हजार पाउण्ड संकलन भएको बताइएको छ ।
टुर डि योर्कसायर नाम दिइएको उक्त अभियान अन्तर्गत गोर्खाहरुले विभिन्न सपिङ सेण्टर तथा रेल स्टेशन र सडक सडक डुलेर चन्दा संकलन गरेका हुन् । सो चन्दा डिजास्टर इमर्जेन्सी कमिटीका लागि संकलन गरिएको सहभागिहरुले जनाएका छन् ।
अप्रेशन अफिसर क्याप्टेन टोम अल्ड्रेडको नेतृत्वमा उक्त राहात संकलन भएको थियो ।