हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका प्रति ओबामाको भिडियो सन्देश :

Barak-Obama-300x168

मंगलबार गएको शक्तिशाली भूकम्पपछि उद्धारका लागि दोलखा गएको हेलिकप्टर दुर्घटनामा परी ६ जना अमेरिकी मरीन तथा २ जना नेपाली सैनिकको मृत्यु भएकोमा अमेरिकी राष्ट्रपति वाराक ओवामाले दुःख तथा समवेदना प्रकट गरेका छन् ।

भूकम्पमा परेकालाई उद्धार गर्ने गएको मंगलबार दोलखा जाँदा सोही दिनदेखि सम्पर्क विहीन भएको अमेरिकी मरिनसहित दुई नेपाली सैनिक चढेको हेलिकप्टर शुक्रबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

फेटरनल अर्डर अफ पुलिसले गरेको समवेदनामा बोल्दै ओबामाले भूकम्पमा परेकालाई उद्धार गर्ने क्रममा नेपाल पुगेर ज्यान गुमाएका अमेरिकी मरीन तथा नेपालका सेनाका परिवारप्रति समवेदना ब्यक्त गरेका छन् ।

हेरौं ओबामाको भिडियो सन्देश :