कैदीहरुलाई आममाफी दिन मानव अधिकारवादी पाठकको माग (भिडियो)

pathak

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले शक्तिशाली भूकम्पका कारण जिर्ण बनेका कारगारका कैदीहरुलाई आममाफी दिन माग गरेका हुन ।

आयोग र रिपोर्टर्स क्लब नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पाठकले अधिकांश कारागार जिर्ण बनेकाकाले त्यहाँ रहेका कैदी बन्दीलाई तत्काल सुरक्षित बासको व्यवस्था वा प्रक्रिया पुर्याएर आममाफी दिन आग्रह गरेका छन् ।

उनले भुकम्पबाट ७१ वटा कारागार मध्ये ३६ वटा चर्किएको र ३ बटा ध्वस्त भएको बताउँदै उनले अहिले विपत्तिको बेला कैदी बन्दीहरुलाई राष्ट्र निर्माणमा लगाउनु पर्ने धारणा राखे ।