काठमाडौँ-हेटौडा बैकल्पिक मार्ग बन्द

वैशाख १०, काठमाडौँ  । दक्षिणकाली हुदै हेटौडा पुग्नको लागि बैकल्पिक मार्गको रुपमा प्रयोग गरिदै आएको मार्ग केहि समयको लागि बन्द भएको छ  । डिभिजन सडक कार्यालय हेटौडाले सडक मर्मत सम्भारका लागि भन्दै आगामी जेठ ९ गतेसम्म सवारी आवतजावत गर्न रोक लगाएको हो ।

हेटौडा-भीमफेदी-कुलेखानी सडकअन्तर्गत देउराली-सिमखोला सडक खण्ड मर्मत गर्न सवारी साधन आवत जावतमा रोक लगाइएको सडक विभाग हेटौडाले जनाएको  छ । सो समयमा देउरालीदेखि सिमखोलासम्मको करिब ८ किलोमिटर सडक खण्डको खाल्टाखुल्टी पुर्ने, केही स्थानमा रिटेनिङवाल लगाउने आदि कार्य गरिने छ ।

यो वैकल्पिक मार्गमा दैनिक २ हजारभन्दा बढी सवारीसाधन चल्ने गरेका छन् । रातीको समयमा भने सवारी सञ्चालन गर्न दिइने छ ।