रकेट आक्रमणमा बालबालिकाको मृत्यु

गजनी । अफगानिस्तानको गजनी प्रान्तमा तालिवान आतङ्ककारी समूहले सोमाबार गरेको रकेट आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको समाचार छ ।

सो आक्रमणमा परी दुई बालबालिकाको मृत्यु हुनुको साथै अन्य चार बालबालिकासहित सात घाइते भएका प्रान्तीय उपगभर्नर मोहमद अलि अहमादीले बताएका छन् ।

गजनी प्रान्तको देयाक जिल्लाको अलाम काला गाउँमा सोमबार बिहान तालिवान आतङ्ककारी समूहले गरेको रकेट प्रहारमा परी दुई जना निर्दोष बालबालिका मारिएका र चार बालबालिका, दुई महिला र एक पुरुष घाइते भएका अहमदीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस समाचारको विस्तृत विवरण भने दिइएको छैन । तर घटनाको अनुसनधान भइरहेको भने अधिकारीहरुले जानकारी दिएका छन् । अफगान सरकारसँग सशस्त्र विद्रोह गरिरेहका तालिवान आतङ्ककारी समूहको गजनी प्रान्तमा बलियो प्रभाव रहेको जनाइएको छ ।

तर तालिवान आतङ्ककारी समूहले यस घटनाको थप टिप्पणी भने गरेका छैनन् । उता प्राप्त अर्काे एक समाचारअनुसार तालिवानका विरुद्ध अफगान सेनाको कारबाही पनि दिनहु जारी नै रहेका छ । रासस