प्रधानमन्त्रीले वेट्रेसको कपाल तानेपछि….

एजेन्सी – न्युजिल्यान्डको अल्काल्यान्डमा रहेको एउटा क्याफेमा काम गर्ने वेट्रेसले प्रधानमन्त्री कीले पटकपटक कपाल तानेको सार्वजनिक गरेपछि प्रधानमन्त्रीले माफी मागेका छन् । ती वेट्रेसले एउटा ब्लगमार्फत् प्रधानमन्त्रीको हर्कत सार्वजनिक गरेपछि प्रधानमन्त्री कीले महिलासँग माफी मागेका हुन् । न्युजिल्यान्डको प्रधानमन्त्री कार्यालयले एक वक्तव्य प्रकाशित गरी ठट्टा गर्ने क्रममा त्यसो गरिएको बताएका छन् । वेट्रेसले ब्लगमा आफ्नो कपाल तान्ने सिलसिला गत वर्षको नोभेम्बरबाट सुरु भएको बताएकी थिइन् । त्यो न्युजिल्यान्डमा भएको पछिल्लो आम निर्वाचनभन्दा अघिको कुरा हो । उक्त चुनावमा की पुनः चुनाव जित्न सफल भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।