काठमाडौंमा महानगरले पुनः रात्रि बस चलाउने

काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र पुनः नाइट बस चालनका गर्ने तयारी सुरु गरेको छ । यसअघि केही समय सञ्चालन भएर बन्द भएको रात्रिकालीन बस सेवा सञ्चालन गर्नका लागि काठमाडौं महानगरपालिकाले छलफल सुरु गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायसँग छलफल भइरहेको छ । महानगर भए पनि ८ बजे नै सुनसान सहरजस्तो भएको भन्दै महानगरपालिकालाई रातमा पनि जीवन्त बनाउन नाइट बस सञ्चालन गर्न लागेको हो । नाइट बस सञ्चालन गरे केही हदसम्म अहिलेको ट्राफिक जामको समस्यासमेत कम हुने अपेक्षा गरिएको छ ।

यातायात व्यवसायीसँग भएको छलफलमा सुरक्षा र वैज्ञानिक भाडादर कायम गरे रात्रिकालीन सेवा दिन सकिने प्रतिक्रिया दिएको डंगोलले जानकारी दिए । महानगरका अनुसार पहिलो चरणमा ११ बजेसम्म सञ्चालन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यसलाई बढाएर बिस्तारै केही घण्टा समय थप्न सकिने निष्कर्ष निकालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *