कांग्रेसले लोकतान्त्रिक संस्कारको उपहास गर्‍यो : नेता नेपाल

madhav nepalकाठमाडौँ, १३ असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध गरेर लोकतान्त्रिक संस्कारको उपहास गरेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘पुष्पलालः व्यक्तित्व र कृतित्व’ विषयको विचार गोष्ठीमा उहाँले कांग्रेसले अहिले राखेका माग व्यावहारिक र वैज्ञानिक नभएको बताउँदै त्यसलाई पूरा गर्न विगतमा काँग्रेसको नेतृत्वले समेत नसकेको बताउनुभयो । प्रतिपक्ष रचनात्मक र जिम्मवार भई अगाडि बढनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेता नेपालले पुष्पलालले कम्युनिस्ट पार्टीमा लोकतान्त्रिक संस्कार र सामाजिक विभेदविरुद्ध एकजुट भई चेतना भर्न सिकाउनुभएको र उहाँ वर्गीय विभेदमा लड्ने नेपाली राजनीतिका शिखर पुरुष हुनुहुन्थ्यो भन्नुभयो ।