नेपाली दूतावासले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

लन्डन–  बेलायतस्थित नेपाली दूतावासले  आगामी १० अक्टोबर (असोज २४ गते) शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

विजया दशमी, दीपावली, छठ, माघी पर्वलगायतका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।

बेलायतका लागि नवनियुक्त राजदूत डा.दुर्गाबहादुर सुवेदी राजदूत भएर आएसँगै पहिलोपटक शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको हो । साँझ ६ बजेदेखि ८ बजेसम्म हुने कार्यक्रममा औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

यसैबीच नेपाली दूतावासले पूर्वकार्यवाहक राजदूत शरदराज आरनलाई प्रवक्ता तोकेको छ ।dashani