नवलपरासी- नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टमा बुधबार बिहान सवारी दुर्घटना हुदाँ १४ जान घाईते भएका छन् ।
विहान साढे छ बजेको समयमा मालवाहक लरीले विंगरमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पुर्वबाट आउदै गरेको लु १ ज २४८३ नम्बरको विंगरमा पश्चिमबाट जाँदै गरेको ना ३ ख ८०७३ नम्बरको मालबाहक लरीले ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको उपचार बुटवलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा भईरहेको छ । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विंगरलाई ठक्कर दिने मालवाहक लरीको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






