काठमाडौँ- प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजिरहेका नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल सोमबार बालुवाटार पुगेका छन्।
सिलवाल एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका विश्वस्त स्रोतले जानकारी दिएको छ।
महानिरीक्षक बढुवा विवादमा आफ्नो कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरी सर्वोच्च अदालतमा पेस गरेको भन्दै सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान थालेपछि सिलवाल सम्पर्कविहीन भएका थिए।
नेकपा एमालेको सरकार गठन र राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेलगत्तै उनी बालुवाटार पुगेका हुन्।






