नेपाली दूतावास लन्डनको प्रवक्तामा आरन

लन्डन । नेपाली दूतवास लन्डनको प्रवक्तामा शरदराज आरन चयन भएका छन । नेपाली दूतावासको सोमवार बसेको बैठकको निर्णय अनुसार आरनलाई प्रवक्ता तोकिएको दूतावासले जनाएको छ ।

बैठकको निर्णय अनुसार आरनले असोज १८, २०७३ देखि लागू हुने गरी उक्त जिम्मेवारी समाल्ने जनाएको छ । दूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर आरनलार्ई दूतावासको प्रवक्ता र सूचना अधिकारी तोकिएको हो । यसअघि कार्यवाहक राजदूतको जिम्मेवारी समालेका आरनको सहयोगी भावना, छिट्टै घुलमिल हुन सक्ने गुण र नेपाली समुदायसंग परिचित भइसकेकाले छोटो समयमा नेपाली समूदाय भित्र लोकप्रिय कमाएका छन् ।

नवनियूक्त राजदूत दुर्गा बहादुर सुवेदीले पदभार समाले पछि दूतावासलाई अझ प्रभावकारी बनाउने उदेश्यले बिभिन्न निर्णय गर्दे आएका छन् । यसअघि दूतावासको काउन्सिलर, भिसा लगायतको सेवाको लागि कार्यालय समय थप गर्ने निर्णय समेत दूतावासले गरेको थियो ।

आरणलाई सम्पर्क गर्न ०२०७२४३८७५१ र इमेल eon@nepembassy.org.uk मा समेत सकिने दूतावासले जनाएको छ ।