सहारा यूकेको च्यारिटीमा बेलायत आएका गायक दिपक थापालाई गरियो बिदाई, बने भाबुक

शिब भण्डारी
लन्डन ।  सहारा यूकेको १३ औं वार्षिक च्यारिटी डिनर नाइटमा नेपाल बाट बेलायत आएका विदेश जाने मायालु.गीतका गायक दिपक थापा करिब ५  महिनाको बेलायत भ्रमणपछि नेपाल फर्केने तयारीमा छन् ।

गायक थापा दम्पतीलाई सम्मान सहित बिदाइ गरिएको छ । उनी श्रीमती र छोराको साथमा बेलायत आएका थिए ।

उनी नेपालका एक चर्चित गायक हुन् । थापाले विदेश जाने मायालु जस्ता थुप्रै गीत गाएका छन् । थापालाई साहरा युकेले बेलायत आउन निमन्त्रणा गरेको थियो । उनी करिब ५ महिना बेलायतमा बसेर जन्मभू–मी नेपाल फर्केने भएका हुन् ।

गायक थापा दम्पतीलाई साहरा युकेका अध्यक्ष कृष्ण गुरुङ  र उपाध्यक्ष सारदा गुरुङ तथा सल्लहाकार डेविड गुरुङ लगाएतले खादा लगाएर बिदाइ  गरेका थिए ।

संथाका सबै प्रतिनिधिहरुले गायक थापालाई सांगितिक यात्रा सफल होस भन्दै धेरै शुभकाना दिएका थिए । त्यस्तै थापा दम्पतीलाई कार्याक्रमा मायाको चिनो सहित साहरा युकेको तर्फबाट सहयोग प्रदान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै कार्याक्रमा अध्यक्ष गुरुङले मगर संघ युकेको तर्फबाट मायाको चिनो र केहिँ नगद पनि हस्तान्तण गरेका थिए । मगर संघ युकेका अध्यक्ष सिता पुन मगरले पठाएको उक्त रकम अध्यक्ष गुरुङले हस्तान्त्रण गरेका हुन् ।

सम्मानित हुँदै गायक थापा दम्पतीले संस्थापक अध्यक्ष नविन गुरुङ सहित निबर्तमान अध्यक्ष ले.रि. कुसाङ गुरुङ पूर्व अध्यक्षहरु कार्यसमित सल्लाकार र सम्पूण युके बासिन्दा नेपालीहरुलाई धन्यबाद दिएका छन् ।विदाइ कार्यक्रम ज्यादै भावुक बन्यो ।थापाका आंखा रसाए । ‘तपाईंहरुको असिम माया लिएर फर्कनुपर्दा मनमा नरमाइलो लागेको छ’, थापाले कार्यक्रममा भने, ‘भाग्यले साथ दिए फेरि भेटौंला । म जहां भएपनि तपाईंहरुलाई धेरै माया गरि नै रहनेछु ।’