राजदूत सुवेदीद्वारा बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश

rajdut1

लन्डन ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बिहीबार बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत सुवेदीले महारानी एलिजावेथ द्वितियासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । सुवेदीले गत २९ सेप्टेम्बर, २०१६ मा पदभार ग्रहण गरेका थिए ।

ओहदा बुझाउने क्रममा राजदूत सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले बेलायती महारानीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ ।raj4

समारोहमा बेलायती महारानीले राजदूत नियुक्त भएकामा वधाइ दिंदै सुवेदीले आफ्नो कार्यकालमा दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख शरदराज आरनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुवेदीले मित्रराष्ट्र बेलायत र नेपालबीच रहिआएको दुई सय वर्ष पुरानो मैत्री सम्वन्ध अझ सुदृढ बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका थिए ।tr1

ओहदाको प्रमाणपत्र पेश गरेपछि कुटनीतिक प्रचलन अनुसार राजदूत डा. सुवेदीले दूतावासमा एक रिसेप्सन समेत आयोजना गरेका थिए । उक्त रिसेप्सनमा संयुक्त अधिराज्यका मार्सल (शिष्टाचार महापाल), सार्क र बिमस्टेक मुलुकका राजदूत र उच्चायुक्तहरु, बेलायती सांसद र लर्डस्, मेयरहरु, नेपालका लागि पूर्व बेलायती राजदूतहरु एवं ब्रिटेन नेपाल सोसाइटी लगायत नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति थियो ।तस्वीर सौजन्य :मिलन तमु